प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०७८
नवलपरासी (पूर्व): ट्रकले अटोलाई ठक्कर दिँदा ४ जना घाईते
२०७८-०८-२९

मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को  ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास भईरहेको ।निम्नः-१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा गुरुङ, अवस्था गम्भिर । ४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८ सम्पन्न ।
२०७८-०८-२४

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र मातहतमा रहेका सम्पूर्ण प्रहरी कार्यालय तथा ईकाईहरुको गतिविधि तथा प्रहरी कार्य र समग्र गण्डकी प्रदेशको सुरक्षाको विषयमा “गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८” गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्युको अध्यक्षतामा यही मंसिर २४ गते सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान प्रगति, जिल्लास्तरमा शान्ति सुरक्षाका लागि चालिएका कदमहरु, देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने प्रयासहरुका विषयमा समिक्षा तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख सचिव पन्थले समग्र प्रहरी कार्यलयहरुले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै सरकारको प्रत्यक्ष उपस्थिती भनेकोनै प्रहरी संगठन भएकोले संयमित भएर कार्य सम्पादन गर्न तथा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नागरीकमैत्री सेवा प्रवाहमा जोड दिदै भौतिक पुर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि ज्युलाई धन्यवाद ज्ञापन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी संबेदनशील भएर लाग्नुपर्ने, प्रहरीको प्रमुख दायित्व जनताको पिर मर्कामा साथ र सहयोग भएकोले मन वचन र कर्मले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी नायव महानिरीक्षक लोहनीले कानून कार्यान्वयन गर्ने सवालमा कतिपनि सम्झौता नगरी महिला, बालबालिका र समाजमा उत्पिडित वर्गलाई विशेष प्राथमिकतामा राख्दै जन धनको सुरक्षाको लागि अहोरात्र खटिई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश स्तरका अन्य प्रहरी ईकाईका प्रहरी प्रमुखहरुले आ-आफ्नो कार्यालयमा भए गरेका प्रहरी गतिविधी, शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान, समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा आगामी कार्ययोजना लगायतको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म गण्डकी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरी कार्यक्रम समापन भएको थियो । 

लमजुङ: जिप दुर्घटना हुँदा ३ को मृत्यु, १४ जना घाईते
२०७८-०८-२३

मंसिर २३, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.९ खुदी स्थित ग. १ ज ६३१७ नं.को बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको तथा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । मृतकहरू:१.जिल्ला कपिलबस्तु वाणगंगा गा.पा. ८  घर भई हाल जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ स्थित रहेको श्री गणेश मा.बि.मा पढाउने शिक्षक वर्ष अं.४० को कमल थापा ।२. जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ.स्कुलको कक्षा ७ मा पढ्ने अं.१३ कि प्रमिसा गुरुङ । ३. जि. लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ. स्कुलको कक्षा ६ मा पढने वर्ष १२ को गणेश भण्डारी ।नयाँ मेडिकल केलज चितवनमा उपचारार्थ घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष १४ की संगीता मिजार, अवस्था मध्यम  ।२.ऐ.ऐ. बस्ने वर्ष १२ कि नम्रता रावल, अवस्था मध्यम  ।३.ऐ.ऐ.९ बस्ने वर्ष १३ की सुप्रिया बास्तोला, अवस्था मध्यम  ।४.ऐ.ऐ.बस्ने वर्ष १४ को बिबेक बि.क, अवस्था गम्भीर  ।५.ऐ.ऐ.९ बस्ने वर्ष १३ को शिब घिमिरे, अवस्था मध्यम  ।६. जिप चालक ऐ.ऐ.बस्ने वर्ष ४७ को बिरेन्द्र थापा, अवस्था मध्यम  ।जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने  वर्ष ४० कि शिक्षिका सबिता थापा ।२.ऐ.ऐ. बस्ने वर्ष ४० कि शिक्षिका शुसिला थापा ।३.ऐ.ऐ. बस्ने वर्ष १२ कि आकृति घले ।४.ऐ.ऐ. बस्ने वर्ष १३ कि रेश्मा मिजार ।५.ऐ.ऐ. बस्ने वर्ष १२ कि पुजा थापा ।६.ऐ.ऐ. बस्ने वर्ष १२ कि प्रकृति घले ।७.ऐ.ऐ. बस्ने वर्ष १३ कि अमिसा घले ।८.ऐ.ऐ .बस्ने वर्ष १३ को सौगात परियार ।

नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०७८-०८-१३

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना सँगको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । यसका साथै शैक्षिक भ्रमणमा रहेका प्रशिक्षार्थीहरु संग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले मायाको चिनो आदान प्रदान गर्नुभएको छ ।

लमजुङ: मो.सा. दुर्घटना
२०७८-०८-०९

जिल्ला लमजुङ राईनस न.पा. ६ स्याउली स्थित धमिलिकुवाबाट तिनपिप्ले तर्फ जाँदै गरेको बा.४२प.३९२० नम्बरको मो.सा.र बिपरित दिशा बाट आउदै गरेको बा.८६प.७१२८ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाँदा उक्त मो.सा.हरुमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी सहोदर अस्पताल धमिलिकुवा पठाईएको, दुवै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न :१. बा.४२प.३९२० नम्बरको मो.सा. चालक जिल्ला लमजुङ राईनस न.पा. वडा नं. ४ सातविसे बस्ने वर्ष १८ को रोसन बि.क., अवस्था मध्यम ।२. बा.८६प.७१२८ नम्बरको मो.सा.चालक जिल्ला गोरखा सिरानचोक गा.पा. २ थालाजुङ बस्ने वर्ष २० को अम्मर श्रिमल, अवस्था सामान्य ।३. ऐ. मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष ३५ की कोपिला बि.क., अवस्था सामान्य ।

नवलपरासी (पूर्व ): सवारी दुर्घटना
२०७८-०८-०८

जिल्ला नवलरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-१ बेलुवा थारुचोक स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना८ख ५११ नं.को ट्रिप्पर र दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना११प २२२० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई  घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष ५७ को उदयराज बि.क., अवस्था मध्यम ।२.मो.सा.पछाडि सवार ऐ.बस्ने निजकी श्रिमती वर्ष ५० की तिल कुमारी बि.क., अवस्था गम्भिर । ३.मो.सा.पछाडि सवार ऐ.बस्ने वर्ष ३८ की अस्मिता बि.क., अवस्था मध्यम ।

लमजुङ: सवारी दुर्घटना
२०७८-०८-०७

जिल्ला लमजुङ राईनास नगरपालिका ३ फलेटे स्थित भित्री कच्ची सडकखण्डमा सातबिसेबाट ढाडखर्क तर्फ जादै गरेको ग१ज ५४६८ नं.को जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा ८ जना सवार मध्ये ७ जना घाईते भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गई जिप चालकलाई नियन्त्रणमा, जिप घटनास्थलमा नै रहेको ।निम्न घाईतेहरु१.जिल्ला लमजुङ राईनास न.पा. ३ बस्ने वर्ष ३० की सर्मिला तामाङ, अबस्था मध्यम,२.ऐ.बस्ने वर्ष ५८ की बिष्णुमाया तामाङ, अबस्था मध्यम,३.ऐ. बस्ने वर्ष ५२ को भिम ब. तामाङ, अबस्था मध्यम,४.ऐ. ६ स्याउले बस्ने वर्ष ३७ की बिना तामाङ, अवस्था मध्यम,५. ऐ बस्ने वर्ष ४५ को प्रेम ब. लामा टाउकोमा चोट अबस्था मध्यम,६. ऐ.बस्ने वर्ष ५८ की गममाया तामाङ, अबस्था मध्यम,७. ऐ.बस्ने वर्ष ३६ को कर्ण तामाङ, अवस्था सामान्य ।

कास्की: सवारी दुर्घटना
२०७८-०८-०६

जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ स्थित फिर्के पुल नजिक ग१५प ९ नं.को डुक मो.सा. र ग१त ३०४७ नं.को ट्याक्टर एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि मणिपाल र मेट्रोसिटि अस्पताल लगेको, घटनास्थलमा प्रहरी टोली खटि गई दुबै सवारी साधन नियन्त्रणमा लिएको।निम्नः-१.ट्याक्टर चालक- जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष ४६ को प्रितम कुवँर, अवस्था मध्यम, उपचारको लागि मणिपाल अस्पताल पठाईएको ।२.मो.सा.चालक- जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भई हाल पोखरा म.न.पा.१० अंमरसिंह चोक बस्ने वर्ष ३३ को कुमार परियार, अवस्था मध्यम, उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको, निजले मा.प.से.समेत गरेको ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको नव निर्मित भवन उद्घाटन सम्पन्न
२०७८-०८-०५

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरको निर्माण भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरीक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो । मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा एकाई मध्ये दुई वटा एकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो । उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घाँसा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थिती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाईहरु मध्ये १४ वटा प्रहरी एकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आईरहेका छन् ।

अधिक लोड >>
कम देखाउनुहोस् <<